दृष्टिकोण
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, विपद् जोखिम न्यूनीकरणका लागि सेण्डाई खाका (SFDRR) २०१५-३०, विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय नीति २०७५ र विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय कार्ययोजना २०७५-८७ बमोजिम नेपालमा विपद्को प्रभावबाट हुने संकटासन्नतामा न्यूनीकरण गर्न तथा उत्थानशील समुदायको विकास गर्नका लागि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) को नेतृत्वमा मानवीय तथा विकास साझेदारहरुलाई एकतावद्द गर्ने एक विशिष्ट प्लेटफर्म हो ।
लक्ष्यहरु
- समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताका लागि वृहत्तर सरोकारवालाहरुसँगको संयोजन, सहकार्य र साझेदारीलाई सुदृढीकरण गर्ने।
- समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन लाई स्तरोन्नतीका लागि सरकार, साझेदार एवं नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र, अनुसन्धान गर्ने संस्थाहरु, सञ्चारक्षेत्र तथा विज्ञहरुको सहभागितालाई बढावा दिने र सोबारे वकालत गर्ने।
- साझेदारहरुबीचमा अवधारणा, प्राथमिकता र प्रकृयाबारे समान बुझाईको विकास गर्ने।
- सरकारलाई विपद् जोखिम न्यूनीकरण/उत्थानशीलतासँग सम्बन्धित आवश्यक नीति तथा योजना तर्जुमामा सहायता एवं सहजीकरण गर्ने।
- समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन सँग सम्बन्धित सिकाई एवं अनुभवको सिको गर्नका लागि एक थलो उपलब्ध गराउने।
समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्म सञ्चालन संरचना
